गायिका गुरुङको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ, १९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका इन्दिरा गोले गुरुङको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत गायिका गोलेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले लोकगीतका पारखी र उहाँका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो । “नेपाली लोकगीतमा तामाङ सेलो काठमाडौँ उपत्यका आसपास धेरै लोकप्रिय छ ।

नेपाली लोकगीत र तामाङ सेलोमा आफ्नो परिचय बनाउनुभएकी गायिका इन्दिरा गोले गुरुङको निधनको दुःखद् खबर सुनेँ । गायिका इन्दिरा गोलेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै लोकगीतका पारखी र उहाँका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु”, प्रधानमन्त्रीले फेसबुकमा लेख्नुभएको छ । क्यान्सरबाट पीडित गायिका गोलेको बुधबार ४८ वर्षको उमेरमा निधन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *