कपिलवस्तु कारागारबाट ठूलो संख्यामा कैदी भागे, अदालतमा आगजनी गरे

कपिलवस्तु, २५ भदौ । जेनजी आन्दोलनको क्रममा उत्पन्न अव्यवस्थाको मौका पार्दै कपिलवस्तु कारागारका अधिकांश कैदी बन्दीहरू फरार भएका छन् । कारागारमा रहेका कुल ४७० कैदीमध्ये ३५ जना बाहेक सबै फरार भएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिलकुमार तामाङले जानकारी दिएका छन् ।

आज बिहान करिब ७ बजेतिर कैदीहरूले कारागार तोडफोड गरी बाहिर निस्कँदा नजिकै रहेको जिल्ला अदालतमा समेत तोडफोड र आगजनी गरेका छन् । आगजनीका कारण अदालतका महत्वपूर्ण कागजात नष्ट हुनुका साथै भवन संरचना र अन्य उपकरणमा समेत क्षति पुगेको छ।

प्रजिअ तामाङका अनुसार फरार कैदीहरूलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ । हालसम्म २५ जनालाई पुनः नियन्त्रणमा लिइएको र अन्य फरार कैदीहरूको खोजी कार्य जारी रहेको उनले बताए । यस घटनाले नेपालको कारागार सुरक्षाप्रति गम्भीर प्रश्न खडा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *