६ महिना लामो विदापछि अतिरिक्त सचिव डा. मिश्रा मन्त्रालयमा हाजिर

काठमाडौँ । स्वास्थ्य सचिव नियुक्ति प्रकरणमा असन्तुष्टि जनाउँदै लामो समयदेखि विदामा रहेकी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा‍.संगिता कौशल मिश्रा मन्त्रालयमा हाजिर भएकी छन्। मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीका अनुसार बिहीबार करिब ६ महिनापछि डा. मिश्रा मन्त्रालयमा हाजिर भएकी हुन्।

जेनजी आन्दोलनका कारण केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएसँगै स्वास्थ्य मन्त्री पदबाट प्रदीप पौडेल पनि हटेपछि १२औं तहकी अतिरिक्त सचिव डा। मिश्रा मन्त्रालय फर्किएकी हुन्।

गत फागुन २१ गते स्वास्थ्य मन्त्रालयको सचिवमा डा। विकास देवकोटालाई वरिष्ठता मिचेर नियुक्त गरिएको भन्दै असन्तुष्ट बनेकी उनी निरन्तर विदा थप्दै विदामा बसेकी थिइन्। सो निर्णयविरुद्ध डा. मिश्राले सर्वोच्च अदालतमा रिट समेत दायर गरेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *