

बीरगञ्ज, ६ असोज पर्सा। बीरगञ्ज–२० का वडाध्यक्ष रामकिशोर सिंह पराग स्थानीय विकास र जनताको अधिकारको सवालमा सधैं सक्रिय देखिँदै आएका छन्। लामो समयदेखि अलपत्र परेको सडक निर्माणलाई लिएर बारम्बार आवाज उठाउँदै आएका उनले यसपटक मन्त्रालयसहित सम्बन्धित निकायलाई ठोस पहल गर्न आग्रह गरेका छन्।
सिंहले आठ वर्षदेखि अपूरो रहेको सडक आयोजनाबारे पाँच पटकसम्म समय थपिँदा पनि काम सम्पन्न नभएको गुनासो गर्दै यसलाई अब तत्काल सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। जनताले भोगिरहेको दुःख–कष्टलाई आफ्नै पीडा ठान्दै उनले तत्कालीन अवस्थामा ग्राभेल बिछ्याएर सडक सञ्चालन हुने व्यवस्था मिलाउन माग गरेका छन्।स्थानीय बासिन्दाले सिंहलाई सदैव **”आफ्नो समस्या बुझ्ने र त्यसलाई जिम्मेवार निकायसम्म पु¥याउने जनप्रतिनिधि”**का रूपमा लिने गरेका छन्।

विकास र जनहितका विषयमा स्पष्ट र सशक्त आवाज उठाउन सक्ने नेतृत्वको रूपमा उनले छुट्टै पहिचान बनाएका छन्।उनले पटक–पटक सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, वीरगन्ज महानगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराए पनि पहल नहुँदा अझैसम्म सडक अपूरो रहेको बताए। यद्यपि, समस्या समाधान नभए पनि सिंह निरन्तर जनताको पक्षमा लडिरहेका छन्।
उनको यो अडान र संघर्षले अहिले जिल्ला प्रशासन कार्यालय र मन्त्रालयसम्म ध्यान खिच्न सफल भएको छ। प्रजिअ तोयनारायण सुवेदीले समेत ठेकेदार कम्पनीको लापरबाहीबारे गम्भीर ध्यान दिएको र आयोजनाको निरीक्षण गर्ने प्रतिबद्धता जनाएका छन्। यसलाई वडाध्यक्ष सिंहको निरन्तर पहलको उपलब्धि मानिन्छ।

सिंहलाई स्थानीय बासिन्दाले “सधैं हाम्रो पक्षमा उभिने जनप्रतिनिधि” भनेर खुलेर प्रशंसा गर्ने गरेका छन्। सडक, शिक्षा, स्वास्थ्यदेखि समाजिक उत्तरदायित्वका सवालमा उनको सक्रियता देख्न सकिन्छ।उनले भनेका छन्, “सरकारको योजना नागरिकलाई सहज बनाउन बनेको हो, तर अपूरा सडकले उल्टै दुःख दिएको छ। अब यो अवस्था स्वीकार्य छैन।” उनको यस्तो दृढ अडानले जनतामा आशा जगाएको छ।
विकासका सवालमा जनप्रतिनिधिले मौन बस्ने प्रवृत्ति हावी भइरहेका बेला सिंहले सक्रियता देखाएकोमा नागरिकले खुशी व्यक्त गरेका छन्। उनले ल्याएको यो चेतना र दबाबले अब कामलाई तीव्रता दिने अपेक्षा गरिएको छ।यस्तो देखिन्छ कि वडाध्यक्ष रामकिशोर सिंह परागको सक्रियता र नेतृत्वशैलीले वीरगन्ज–२० मात्र होइन, सम्पूर्ण नगरमै जनप्रतिनिधिहरूका लागि प्रेरणा बनेको छ।



