आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौँ । बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । बुधबारको तुलनामा छापावाल सुन तोलामा १७०० रुपैयाँ घटेको हो । जसअनुसार बिहीबार छापावाल सुन तोलामा २ लाख २१ हजार ३०० रुपैयाँ कायम भएको छ । बुधबार भने सोही सुन तोलामा २ लाख २३ हजार रुपैयाँ कायम थियो ।

यसैबीच चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा २ हजार ७०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा २ हजार ६८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *