एनआइसी एशिया बैंकको सीइओमा सुजित कुमार शाक्य नियुक्त

काठमाडौं । एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुजित कुमार शाक्य नियुक्त भएका छन्। सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले शाक्यलाई आगामी चार वर्षका लागि सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो। बैंकका अनुसार शाक्यले ३० दिनभित्र आफ्नो पदको कार्यभार सम्हाल्नेछन्।

उनले पदभार ग्रहण गरेसँगै बैंकको सेवा विस्तार, डिजिटल बैंकिङ सुदृढीकरण तथा संस्थागत सुशासनमा थप सुधार ल्याउने अपेक्षा गरिएको छ।शाक्य वित्तीय क्षेत्रका अनुभवी व्यक्तित्व मानिन्छन्। उनी यसअघि पनि बैंकिङ क्षेत्रमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *