पूर्वमन्त्री जोन्छेंको निधनप्रति कार्यवाहक सभापति खड्काद्वारा दुःख व्यक्त

काठमाडौँ, १८ कात्तिक । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसकी नेतृ एवम् बागमती प्रदेशका पूर्वराज्यमन्त्री रजनी अमान्य जोन्छेंको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

खड्काका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको शोक विज्ञप्तिमा कांग्रेसका महासमिति सदस्य एवम् बागमती प्रदेश सरकारका उद्योग तथा वाणिज्य पूर्वराज्यमन्त्री एवम् सहिद राधेश्याम जोन्छेकी धर्मपत्नी रजनीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।

ललितपुरको पाटनमा विसं २००५ असार २१ गते जन्मिनुभएकी जोन्छेले २०३५ सालमा कांग्रेस नेता राधेश्याम जोन्छेंसँग वैवाहिक बन्धनमा बाँधिनुभएको थियो । स्व जोन्छें सहिद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानको अध्यक्षसमेत हुनुहुन्थ्यो । रजनीको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी महिला नेत्रीलाई गुमाएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *