९ उद्योगले तिरे डेडिकेटेड र ट्रंकलाइनको बक्यौता

काठमाडौँ । डेडिकेटेड र ट्रंकलाइन विद्युत् उपभोगको समस्या बिस्तारै समाधान हुँदै जान थालेको छ । 

हिजो मङ्गलवार नेपाल उद्योग वाणिज्य महासङ्घको अगुवाइमा भएको छलफलपछि उद्योगहरूले बिद्युत् प्रयोगको प्रथम किस्ता तिर्न राजी भएपछि हालसम्म ९ उद्योगले बक्यौता तिर्न सुरु गरेका छन् । 

महासङ्घको छलफलपछि ९ उद्योगले पहिलो किस्ता बुझाएकाले विद्युत् लाइन जोडिएको हो । ती ९ उद्योगहरूमा भलवारि स्वचालित चा. उद्योग, एसआर फुड्स, एसआर स्टिल, पञ्चकन्या स्टिल, पञ्चकन्या प्लास्टिक, श्याम प्लास्टिक, सिद्धार्थ पेट प्लास्ट, घराना फूड्स र गोयनका फूड्स रहेका छन् । 

बुधवार मात्रै घराना फुड्स र गोयन्का फुड्सले प्रथम किस्ता बापतको रकम भुक्तानी गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

नेपाल विद्युत् प्राधिकरणका अनुसार घराना फुड्सले १ करोड ८७ लाख ६९ हजार र गोयन्का फुड्सले १ करोड ४७ लाख ६७ हजार रुपैयाँ बक्यौता बाँकी रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *