बरुण हाइड्रोपावरले ५ प्रतिशत लाभांश घोषणा, मंसिर २६ गते साधारण सभा

काठमाडौँ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आवको लाभांश घोषणा गर्दै वार्षिक साधारण सभा आह्वान गरेको छ। मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने गरेको हो। घोषित ५ प्रतिशत लाभांशमध्ये ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश समावेश छन्। उक्त प्रस्ताव पारित गर्न कम्पनीले साधारण सभा बोलाएको छ।

कम्पनीले मंसिर २६ गते काठमाडौँको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान ९:३० बजेबाट २२ औँ वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ। सभामा लाभांश प्रस्ताव पारित गर्नुका साथै कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पनि अघि सारिनेछ। यससँगै, सभामा आव २०८१/८२ को सञ्चालक समितिको दोस्रो वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणसहितका वित्तीय विवरणहरूमाथि छलफल गरी पारित गरिनेछ।

आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिमा भएको परिवर्तनको अनुमोदन गर्ने, संस्थागत सुशासनसम्बन्धी प्रतिवेदन पारित गर्ने तथा नयाँ सञ्चालक नियुक्त गर्ने प्रस्तावहरू पनि सभामा प्रस्तुत गरिनेछन्।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते एक दिनका लागि बुकक्लोज गरिने जनाउँदै, मंसिर १३ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीहरू मात्र लाभांश प्राप्ति र सभामा सहभागिताका लागि योग्य हुने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *