सभापति देउवा, कार्यवाहक सभापति खड्का र महामन्त्रीद्वय आज पनि छलफलमा

काठमाडौं, १२ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खण्डका र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच आज पनि छलफल हुँदैछ । सभापति देउवाले आज पनि नेतात्रयसहित अन्य नेताहरूलाई छलफलका लागि डाकेका हुन् ।

सभापति देउवाले विशेष महाधिवेशनलाई रोक्ने र नियमित महाधिवशेनको पक्षमा कार्यतालिका ल्याउनका लागि संवाद गर्न बैठक बोलाएको बुझिएको छ। यसअघि बिहीबार साँझ पनि नेताहरूसँग छलफल गरेका थिए। तर सहमति जुट्न सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *