प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दैछ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न अपराह्न ४ बजे बालुवाटारमा बस्नेगरी उनले सर्वपक्षीय बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा राजनीतिक दलका शीर्ष नेताहरु, जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगका प्रतिनिधि सहभागी रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *