रवि छुट्ने भएपछि निकिता भन्छिन्– बेइमानीहरूको रजगजमा नखाएको विष पनि लाग्दो रहेछ

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने रिहा हुने भएपछि पत्नी निकिता पौडेलले कानुनी लडाइ जारी रहेको बताएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले राजनीतिमा आएकै कारण रवि प्रतिशोधको सिकार बनेको उल्लेख गरेकी छिन् ।

उनले लेखेकी छिन्– ‘बेइमानीहरूको रजगजमा नखाएको विष पनि लाग्दो रहेछ।  अघिल्लो वर्षको कात्तिकदेखि अहिलेसम्म के-के खेपियो-खेपियो, बताएर साध्य छैन। ऊ राजनीतिमै नआएको भए यसरी प्रतिशोधको सिकार हुनुपर्ने नै थिएन। तर, बढ्दो जनविश्वास कमजोर बनाउन र व्यक्तिगत दु:ख-हैरानी दिन लेखिएको कथाको एक अध्याय आजको आदेशसँगै सकिएको छ।’

उनले थप लेखेकी छिन्– ‘यो बीचमा हामीले के भोगेनौँ। उसले ‘कालकोठरी’ भोग्यो। र, मैले उसको अनुपस्थितिको गहिरो रिक्तता भोगेँ। उस्तै मान्छेले यो तहको हद खप्नै सक्दैनन्। तर, उसले हाँसीहाँसी प्रतिशोधको प्रहार खेप्दा मैले उसको दृढतालाई कानुनी पाटोबाट संरक्षणको हर सम्भव प्रयास गरेँ। ‘

अगाध आस्था र विश्वास रहेकाले यो दिनका लागि भगवानसँग कामना गरेकै थिएँ, केही ढिलै भए पनि आयो। कानुनी प्रक्रिया अझै बाँकी छ। र, भगवानप्रतिको उस्तै आस्थाको निरन्तरता पनि। न्यायिक प्रक्रियाबाटै तत्कालको यो राहतलाई दीर्घकालिक बनाएर हामी अझै सबल र सशक्त भएर उठ्ने छौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *