राष्ट्रपति पौडेल र झलनाथ खनालबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ । आज (शनिबार) शीतलनिवास पुगेर खनालले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा आगामी निर्वाचनका लागि आवश्यक पूर्वाधार, शान्तिसुरक्षा व्यवस्था र तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल भएको खनालको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले आगामी २१ फागुनमा निर्वाचन गरिनुपर्नेमा आफ्नो स्पष्ट जोड रहेको बताएका थिए । भेटका क्रममा राष्ट्रपति पौडेलले खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *