आज झण्डै ८ हजारले घट्यो सुनको मूल्य

काठमाडौं । आज सुनको मूल्य झण्डै आठ हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य ७ हजार ९ सयले घटेको हो । सुन आज तोलामा २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ३०५ रुपैयाँ घटेको छ । योसँगै चाँदीको मूल्य ४५९० रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *