तत्कालीन माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का काठमाडौँ महानगर कमिटीका तत्कालीन अध्यक्ष राजेश लामा नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा अध्यक्ष ओलीले पार्टीको झन्डा, नेपालको झन्डा र खादा ओढाएर पार्टी प्रवेश गराएका हुन् ।

कमिटीका अध्यक्ष राजेश लामासँगै जिल्ला कमिटीका सदस्य विष्णु जोशीले पनि पार्टी प्रवेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *