काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का लागि तयार गरेको ‘प्रतिज्ञा पत्र’ अब फागुन ६ गते जनकपुरमा सार्वजनिक गर्ने भएको छ ।
पार्टीका प्रवक्ता तथा केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसेका अनुसार आज सार्वजनिक गर्ने भनिएको ‘प्रतिज्ञा पत्र’ अब फागुन ६ गते जनकपुरमा सार्वजनिक गर्ने भएको हो ।
यसअघि पार्टीले फागुन ३ गते आज दिउँसो २ बजे केन्द्रीय कार्यालयमा प्रतिज्ञा पत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेको थियो । तर कार्यक्रम परिमार्जन गर्दै अब जनकपुरमा आयोजना हुने आमसभाबाट सार्वजनिक गर्ने निर्णय गरिएको प्रवक्ता चालिसेले विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् ।
