सुरु भयो १५ दिने मिथिला माध्यमिकी परिक्रमा

काठमाडौं : ‘बग्दै होला दरम खोला नि’ बोलको दोहोरी गीत बजारमा सार्वजनिक भएको छ। दुई प्रेमीको प्रेम र वियोगलाई प्रस्तुत गरेको उक्त गीतको निर्देशन र सम्पादनको काम गिरीप्रसाद भुसालले गरेका छन्। उनको कुशल निर्देशनले गीतलाई दृश्यात्मक रुपमा उत्कृष्ट बनाउने काम गरेको छ।

भिडियोको छायांकन प्रदीप कँडेलले गरेका छन्। त्यस्तै श्रृङ्गारको काम श्रद्धा कँडेलले गरेकी छन्।

गीतकार लक्ष्मण चापागाईंको रचनामा संकल्प सुवेदीले संगीत भरेका छन्। साथै उत्कृष्ट गायकगायिका लक्ष्मण चापागाई र सुनिता बुढा क्षेत्रीको सुमधुर आवाजले गीतलाई अझै उत्कृष्ठ बनाएको छ।

उक्त गीतको एरेञ्जर रमेश सेञ्चुरीको रहेको छ। त्यस्तै मालश्री रेकडिङ स्टुडियोमा गीत रेकर्ड गरिएको हो।

आफूले प्रेमीबाट पाएको धोकालाई व्यक्त गरेको गीतको भिडियोलाई लक्ष्मण भुसाल, सुप्रिया हमाल तथा रहमान बस्नेतको उत्कृष्ट अभिनयले भावनात्मक रुपमा झनै समृद्ध बनाएको छ।

गीतकार लक्ष्मण चापागाईको शब्द, संकल्प सुवेदीको लय, र गायिका तथा गायकको स्वर मिलेर बनेको यो गीतले नेपाली सांगीतिक क्षेत्रमा नयाँ योगदान दिने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *