प्रभु साहलाई प्रधानमन्त्री बनाउन र देशको विकासको जिम्मेवारी दिन विश्वेन्द्र पासवानको अपिल

काठमाडौं : बहुजन शक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवानले आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साह देशको प्रधानमन्त्री बन्नु पर्ने नेता भएकाले सबैलाई मोवाइल छापमा मतदान गर्न अपिल गरेका छन् ।

रौतहट पुगेका पासवानले साहको विकासको कामको प्रशंसा गर्दै अब मुलुक बनाउने जिम्मेवारी दिनुपर्ने जिकिर गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा ‘मोवाइल’ छापमा मतदान गरेर प्रभु साहलाई प्रधानमन्त्री बनाउन र देशको विकासको जिम्मेवारी दिन पासवानले अपिल गरेका छन् ।

प्रभु साह देशको प्रधानमन्त्री बन्ने उम्मेदवार पनि हो भन्दै पासवानले भनेका छन, ‘आमूल परिवर्तन चाहनेहरु आज चुनावी मैदानमा आईसकेका छन् । अब चुनावको समय नजिकै आईसकेको छ । प्रभु साह पिछडिएको वर्ग, दलित र अल्पसंख्यक, मुसलमान सबैको नेता हो । पूरा देशले उहाँलाई मानेको छ, सम्मान गरेको छ । संविधान संशोधन गर्नको लागि पनि मोवाइल छापवाहक उम्मेदवारलाई जिताएर पठाउनुहोस । प्रभु साहजी यो रौतहटवासीको मात्रै नभएर उहाँ पूरा देशको भाग्य हो । उहाँलाई सम्मानका साथ भारी मतले जिताएर पठाउनुहोस । उहाँ यो देशको प्रधानमन्त्रीको पनि उम्मेदवार हो ।’

रौतहट सहित देशकै विकासको जिम्मेवारी अब आजपा अध्यक्ष साहलाई दिनुपर्ने बताउदै उनले सबै समुदायको समग्र विकासका लागि मोवाइलमा मतदान गर्न मतदातासंग आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *