निर्वाचनको समीक्षा पार्टीभित्रै हुन्छ : लेखराज भट्ट

कैलाली । नेकपा (एमाले) का सचिव लेखराज भट्टले प्रतिनिधिसभा निर्वाचनको परिणामबारे समीक्षा पार्टीको आन्तरिक संरचनामार्फत गर्ने बताएका छन्।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले नीति र नेतृत्वबारे बहस हुनु स्वाभाविक भए पनि त्यसलाई बाहिरभन्दा पार्टी कमिटीभित्र उठाउनु उपयुक्त हुने बताएका हुन् ।

उनका अनुसार निर्वाचन परिणामबारे विस्तृत छलफल सचिवालय बैठकमा गरिनेछ र सामूहिक निष्कर्षपछि मात्र आधिकारिक धारणा सार्वजनिक गरिनेछ।

भट्टले पार्टीभित्र देखिएको आन्तरिक विग्रह, संगठन परिचालनमा कमजोरी र अनुशासनहीनताले चुनावी परिणाममा असर पारेको स्वीकार गरे। साथै पार्टीका काम जनतासम्म प्रभावकारी रूपमा पुर्‍याउन नसकिएको पनि उनले बताए।

भट्टले निर्वाचनमा साथ दिने मतदाताप्रति आभार व्यक्त गर्दै विकासका कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *