ह्वाइट हाउसको ब्रिफिङ रुममा ट्रम्पले पत्रकारलाई दिए धन्यवाद

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस संवाददाता सङ्घलाई विशेष धन्यवाद दिएका छन् । ह्वाइट हाउसस्थित ब्रिफिङ रुममा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा ट्रम्पले सङ्घकी अध्यक्ष वेइजिया जियाङलाई लक्षित गर्दै व्यक्तिगत रूपमा आभार प्रकट गरेका हुन् ।

सङ्घद्वारा वार्षिक रूपमा आयोजना गरिने विशेष कार्यक्रमको सन्दर्भ जोड्दै ट्रम्पले अगाडिको पङ्क्तिमा बसेर प्रश्न सोधिरहेकी जियाङको कार्यको प्रशंसा गरे । ट्रम्पले धन्यवाद दिइरहँदा हलमा उपस्थित करिब एक सय जना पत्रकारले ताली बजाएर त्यसको स्वागत गरेका थिए ।

सो क्रममा ठट्टा गर्दै ट्रम्पले जियाङतर्फ इङ्गित गर्दै भने, “अब उहाँले मलाई कुनै अत्यन्तै कठिन प्रश्न सोध्दै हुनुहुन्छ होला ।” प्रायः सञ्चारमाध्यमसँग आक्रामक रूपमा प्रस्तुत हुने ट्रम्पको यो शैलीलाई ह्वाइट हाउसमा निकै चासोका साथ हेरिएको छ ।

ह्वाइट हाउस संवाददाता सङ्घले हरेक वर्ष आयोजना गर्ने रात्रिभोज र अन्य कार्यक्रममा पत्रकार र प्रशासनबीचको सम्बन्धलाई लिएर चर्चा हुने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *