दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई २९० रनको लक्ष्य प्रस्तुत गरेको छ। दीपेन्द्रसिंह ऐरीको शतकमा नेपालले २९० रनको लक्ष्य दिएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा सात विकेटको क्षतिमा २८९ रन बनायो । ऐरीले उनले ९४ बलमा १३ चौका र १ छक्का प्रहार गरे । ओडीआईमा दीपेन्द्रको यो दोस्रो शतक हो। ओपनर विनोद भण्डारीले ५६ रन बनाए। गुल्सन झा ४४ रन बनाउँदा क्याच आउट भए। छैटौँ विकेटका लागि दीपेन्द्र र गुल्सनले १०२ रनको साझेदारी गरे।

कप्तान रोहित पौडेल ४८ बलमा ३ चौका सहयोगमा ३९ रन बनाउँदा क्याच आउट हुन पुगे। ओडीआईमा डेब्यु गरेका ओपनर अर्जुन कुमाल ११ रन बनाउँदै पेभेलियन फर्के। आरिफ शेखले ११ रन नै बनाए। भीम सार्की भने शून्य रनमा नै आउट भए।

यूएईका लागि अजय कुमार र जुनैद सिद्दिकीले समान दुई विकेट लिए। हैदर अली र खुजैमा तनविरले समान एक विकेट आफ्नो नाममा गरे। अब यूएईले जवाफी ब्याटिङ गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *