सिराहामा पनि परीक्षा सुरु भएको २० मिनेटमै अङ्ग्रेजीको प्रश्नपत्र आउट

काठमाडौं : सिराहामा माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिनको परीक्षा सुरु भएको २० मिनेटमानै प्रश्नपत्र बाहिरिएको छ। जिल्लाको लहान नगरपालिका १९ सोनमती गाढास्थित जनता बनवाली माध्यमिक विद्यालय वर्छवा, कल्याणपुर परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएको हो ।

जिल्ला परीक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले भने एसइई परीक्षा मर्यादित बनाउन ५० जना डेडिकेटेड मानिसहरू खटाएका बताएका छन् । उनले भने, ‘पात समेत हल्लिन दिइएको छैन। प्रश्नपत्र कसरी बाहिरियो भन्ने विषयमा अनुसन्धान हुँदैछ। कहाँबाट प्रश्नपत्र बाहिरिएको पत्ता लागे कारबाही हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *