आईजीपी दानबहादुर कार्कीसहितलाई विभागीय कारबाही गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीका आईजीपी (तत्कालीन एआईजी) दानबहादुर कार्कीसहितका प्रहरीलाई विभागीय कारबाही गर्न सरकार सिफारिस गरेको छ।

जेनजी आन्दोलनसम्बन्धी आयोगको छानबिन प्रतिवेदन सार्वजनिक गर्दै आयोगले कार्कीसहितका प्रहरीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको हो ।

अनुसन्धान प्रतिवेदनमा कार्कीसहित प्रहरी नायव महानिरीक्षक ओमबिक्रम राणा, वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारी, तत्कालीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणप्रसाद पौडेल, सशस्त्र प्रहरी उपरीक्षक जीवन केसी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन निर्देशक कृष्ण खनाल, काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई मानवअधिकार उल्लंघन गरेकोमा विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

त्यस्तै भदौ २३ गते बानेश्वर र संसद् भवन क्षेत्रमा फिल्डमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका फिल्ड कमाण्डरहरूलाई पनि विभागीय कारबाही सिफारिस गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *