साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

काठमाडौँ । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लागेर बन्द भएको छ। यस दिन नेप्से सूचक ११.३७ अङ्क अर्थात् ०.४१ प्रतिशतले घटेर २७५५.४१ विन्दुमा झरेको छ।

बजार घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिन सवा ४ अर्ब रहेको कारोबार आज ५ अर्ब ६२ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।

आज बजारमा अधिकांश कम्पनीका लगानीकर्ताले गुमाएका छन्। कारोबारमा आएकामध्ये १८० वटा कम्पनीको सेयर मूल्य घटेको छ भने जम्मा ७४ वटा कम्पनीको सेयर मूल्य बढेको छ। त्यसैगरी, ११ वटा कम्पनीको मूल्य भने अघिल्लो दिनकै मूल्यमा स्थिर रहेको छ।

आज दिनभरिको कारोबारमा ३५१ वटा विभिन्न कम्पनी (स्क्रिप्स) को ५५ हजार ४६७ पटक कारोबार भएको छ। जसबाट १ करोड २७ लाख ३२ हजार ८६८ कित्ता सेयर खरिदबिक्री भएका छन्।

समग्र बजार रातो भए पनि केही कम्पनीका लगानीकर्ताले भने राम्रो नाफा कमाएका छन्। सर्वाधिक कमाउनेमा कालिञ्चोक हाइड्रोपावर रहेको छ, जसको सेयर मूल्य १५ प्रतिशतले बढेर ७५७.६० रुपैयाँ पुगेको छ। आज कुनै पनि कम्पनीको मूल्यमा ठुलो गिरावट भएन ।

आज कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी सबैभन्दा अगाडि रहेको छ। यस कम्पनीको मात्रै ५५ करोड ६९ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *