काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको सदस्य पदमा दुई जनालाई नियुक्त गर्ने निर्णय गरेको छ । चैत्र ४ गते बसेको मन्त्रिपरिषद् बैठकले पवित्रा सुवेदी (सुर्खेत) र रामशरण सापकोटा (मकवानपुर)लाई सदस्य पदमा नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
यस्तै अर्घाखाँचीका यदुनाथ पौडेललाई जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालक पदमा नियुक्त गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सञ्चालक समितिलाई निर्देशन दिने निर्णय समेत बैठकले गरेको छ ।
