काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको टोली परिवर्तन गर्दै सरकारले संख्या पनि घटाएको छ।
शुक्रबार राति सुरक्षा टोली परिवर्तन गरिएको हो। त्यहाँ खटिएको २६ जनाको टोलीलाई फिर्ता बोलाएर १६ जनाको नयाँ टोली खटाइएको सशस्त्र प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ।
ज्ञानेन्द्र निवासमा डीएसपी जगदीश हमालको कमान्डमा २६ जनाको टोली खटिएको थियो। उक्त टोलीलाई फिर्ता बोलाएर ९ नं बाहिनी बलम्बुमा कार्यरत डीएसपी प्रमोद प्रकाश पाठकको कमान्डमा १६ जनाको टोली खटाइएको हो।
