गणतन्त्रको पक्षमा एमालेको प्रदेशस्तरीय जागरण सभा कर्णालीबाट

काठमाडौँ । नेकपा एमालेले गणतन्त्रको पक्षमा सचेतना फैलाउन आजबाट प्रदेशस्तरीय जागरण सभा गर्दैछ । मंगलबारदेखि कर्णालीको सुर्खेतबाट प्रदेशस्तरीय जागरण सभा सुरु हुन लागेको नेकपा एमाले संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले जानकारी दिए ।

‘गणतन्त्रको पक्षमा सचेतना फैलाउन एमालेले चैत ११ मा वडा र १८ गते जिल्लास्तरीय जागरण सभा गरिसकेको छ । त्यसैको निरन्तरता स्वरुप आजदेखि प्रदेशस्तरीय सभा हुँदैछ’,अधिकारीले भने,‘कर्णालीको सभालाई सम्बोधन गर्न महासचिव शंकर पोखरेल त्यसतर्फ गइसक्नुभएको छ ।’

त्यसै गरी एमालेले चैत २९ गते सुदूरपश्चिम र लुम्बिनी तथा ३० गते कोशी र गण्डकी प्रदेशमा जागरण सभा आयोजना गर्दैछ । ती सभाहरूमा अध्यक्ष र महासचिवले सम्बोधन गर्ने नेता अधिकारीले जानकारी दिए । बागमती र मधेसमा हुने जागरण सभाको मिति तय गर्न बाँकी रहेको एमालेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *