धवलशमशेरलाई क्यान्सरको फलोअप उपचारमा जान नदिने षडयन्त्रमा सरकार लागेको आरोप

काठमाडौँ । वर्तमान व्यवस्था विरोधी ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समिति’ ले राप्रपाका महामन्त्री धवलशमशेर राणालाई क्यान्सरजस्तो गम्भीर रोगको फलोअप उपचारमा भारत जान नदिने षड्यन्त्रमा सरकार लागेको आरोप लगाएको छ ।

‘उहाँलाई यसपूर्व नै नियमित रूपमा आवधिक परीक्षणको लागि चिकित्सकले नै दिएको समयमा भारतको मुम्बईमा उपचारका लागि जानु पर्नेमा त्यसतर्फ फलोअपका लागि जान नदिने षडयन्त्रमा सरकार लागेकोमा आपत्ति प्रकट गर्दै त्यसतर्फ उपचारका लागि पठाउन जोडदार माग गर्दछौँ’, समितिका प्रवक्ता स्वागत नेपालले शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा राणाको अवस्था गम्भीर रहेको कारण नियमित उपचार पूर्ववत् चिकित्सक र अस्पतालमै गराउने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

केही महिनाअघि राणाको गिजाको क्यान्सरको उपचार भएको थियो । सोहीअनुसार उनी नियमित फलोअपमा जाने गरेका थिए भने अब वैशाख १५ गतेका लागि उनको डाक्टरसँग एपोन्टमेन्ट रहेको राप्रपाका प्रवक्ता सगुन लावतीले बताए । राणा चैत १५ मा तीनकुनेमा भएको घटनापछि पक्राउ परेका थिए । उनी त्यसयता प्रहरी हिरासतमै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *