अमेरिकाले थप पाँच नेपालीलाई गर्‍यो निष्कासन

काठमाडौं।  अमेरिकाले थप पाँच जना नेपालीलाई निष्कासन गरेको छ।

गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका र त्यहाँको अध्यामन कानुन उल्लंन गर्ने पाँच जनालाई निष्कासन गरिएको हो। निष्कासमा पर्नेमा म्याग्दी बेनीका कार्की, जाजरकोट त्रिवेणीका शाही, काठमाडौं बौद्धका लामा, डोल्पाका गुरुङ र ठेगन नखुलेका कडायत थरीका व्यक्तिहरू रहेका छन्। उनीहरूमध्ये तीन जा एयर इन्डया र बाँकी दुई जना कतार एयरलायन्सबाट फर्काइएको हो।

स्रोतका अनुसार उनीहरूलाई यसै साता काठमाडौं फर्काइएको हो। राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रावसन नीतिमा कडाइ गरेपछि उनीहरूलाई नेपाल फर्काइएको हो। ट्रम्प प्रशासन लागू भएदेखि गैरकानुनी रूपमा बसिरहेका नेपालहरूलाई धमाधम फर्काइँदै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *