राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ : संघीय संसद्‍ अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो सवा १२ बजे राष्ट्रिय सभा बैठक बस्ने संसद् सचिवालयले जनाएकाे छ।

बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

त्यसैगरि राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०’ र भन्सार विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरू सभा समक्ष टेबुल गर्ने कार्यसूची पनि छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संसोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेकाे संसद् सचिवालयले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *