बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हामी नेपालीले लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश  फैलाउनुपर्ने बताएका छन्  । सोमबार २५६९ औँ बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सो कुरा बताएका हुन् ।

उनले आजको दिनले शान्तिको सन्देश विश्व सामु फैलाउन र गौतम बुद्धले दिएका सन्देशलाई प्रचार–प्रसार गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरे । मुख्यमन्त्री आचार्यले गौतम बुद्धको सन्देश र दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गइरहेको बताए ।

उनले फरक प्रसङ्गमा भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए पनि नियमित उडान नहुँदा चिन्ता बढेको बताउँदै  नियमित सञ्चालनमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने समेत बताए । उनले विमानस्थल सञ्चालन हुँदा लुम्बिनीको मुहार फेरिने र अन्तर्राष्ट्रिय पर्यटकहरूको आगमन बढ्ने समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *