अमेरिका र भारतबिच व्यापार सम्झौताको लागि फेरि सुरु भयो वार्ता

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ ट्यारिफ नीतिको घोषणा गरेपछि अमेरिका र भारतबिच द्विपक्षीय व्यापार सम्झौताको लागि बिहीबार वासिङ्टनमा फेरि बैठक आयोजना गरिएको छ ।

बैठकमा वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकसँग प्रस्तावित द्विपक्षीय व्यापार सम्झौताको बारेमा छलफल गरेका थिए । यसअघि मे २० मा पियुष गोयलले पनि व्यापार सम्झौताको सम्बन्धमा लुटनिकसँग बैठक गरेका थिए ।

‘अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकसँग दुवै देशको व्यापार हितमा सकारात्मक संवाद भयो । हामी हाम्रा व्यवसाय र जनताका लागि अवसरहरू बढाउन प्रतिबद्ध छौँ ।’

पियुष गोयलले इन्स्टाग्राममा पोस्ट गर्दै भनेका थिए । अमेरिकाले भारतमाथि २६ प्रतिशत ट्यारिफ लगाएको थियो । तर केही दिनपछि यसमाथि ९० दिनको प्रतिबन्ध घोषणा गर्‍यो । यो म्याद जुलाई ८ को मध्यरातमा समाप्त हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *