‘कम्बोडियामा केपी ओलीको ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने प्रचण्ड, पछि लाग्ने माधव-झलनाथ’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा केपी ओलीको ३२ अर्ब लगानी छ भनेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हल्ला फिँजाएको आरोप लगाएका छन् । आज (आइतबार) नेकपा (एमाले) बाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्बोडियामा लगानी रहेको भनी भ्रम प्रचण्डले सिर्जना गरेको र त्यसको पछाडि माधव नेपाल र झलनाथ खनाल लागेको बताएका हुन् ।

‘भ्रष्टाचारीहरुले हामी भ्रष्टाचारको विरुद्धमा लड्नेहरुलाई नै उल्टै झुठा मुद्दा लगाएर जेल हाल्नेसम्मका षड्यन्त्र गरे । बदनाम गर्ने, चरित्र हत्या गर्ने यो सबै तथाकथित वामपन्थी भनिएकाहरु हुन् । कम्बोडियामा केपी ओलीको ३२ अर्ब छ भनेर हल्ला फिजाउने को हो भन्दा– प्रचण्ड, अरु कोही होइन । त्यसको पछाडि कुद्ने माधव नेपाल र झलनाथ खनाल । के त्यो साँचो कुरा हो ?’ प्रश्न गर्दै उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *