कास्की । पोखरामा नेतृत्व विकास तथा संगठन परिचालन सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
त्रि.वि. प्रगतिशील कर्मचारी संगठन गण्डकी प्रदेश कमिटीको आयोजनामा पृथ्वीनारायण क्याम्पसमा त्रि.वि. कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष श्री छत्रबहादुर कार्कीले प्रमुख अातिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथी कार्कीले ट्रेड यूनियन र सामुहिक सौदावाजीका विषयमा प्रशिक्षण दिँदै संगठनले सदस्यहरुका हितलाई आत्मसात् गर्दै संगठनका गतिविधिहरुलाई अगाडी बढाउनका लागि निर्देशन दिए । कार्कीले तल्लो तहसम्म संगठन विस्तार तथा प्रशिक्षण हुन सके मात्र संगठन चुस्त दुरुस्त र प्रभावकारी हुने विश्वास ब्यक्त गरे ।
त्रि.वि. प्रगतिशील कर्मचारी संगठन केन्द्रीय कमिटीका अध्यक्ष उमा पाण्डे केन्द्रीय कमिटीको कार्ययोजना अनुसार प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकामा गण्डकी प्रदेश कमिटीलाई धन्यवाद दिँदै अन्य प्रदेश कमिटीहरुलाई पनि यस्तै प्रकारका कार्यक्रमहरु सम्पन्न गर्नका निर्देशन समेत गरेकी छिन । संगठनमा सहकार्य र सहअस्तित्वको वातावरण विकास गर्दै सेवाआयोग तयारी लाग्नु हुन सम्पूर्णमा अनुरोध गर्दै संगठनले स्मारिका प्रकाशनको योजना बनाएकाले लेख रचनाहरुको आव्हान समेत गरिन ।
त्रि.वि. सेवा आयोगको परीक्षा तयारीलाई लक्षित गरी सञ्चालन गरिएको उक्त कार्यक्रमको पहिलो सत्रमा गण्डकी प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख उपसचिव सुरेश सुवेदीले सार्वजनिक निकायमा खरिद व्यवस्थाका बारेका साथै प्रतिस्पर्धी परीक्षामा व्यवस्थित रुपमा लेखका विधिका विषयबस्तुका बारेमा प्रस्तुतिकरण गरे ।
त्यसैगरी कार्यक्रमको दोस्रो सत्रमा त्रिभुवन विश्वविद्यालयका सह आर्थिक नियन्त्रक पुष्पराज पौड्यालले बजेट तर्जुमा, कार्यान्वयन र मूल्याङ्कन व्यवस्था विषयमा प्रस्तुतिकरण रहेको थियो ।
कर्मचारीको दैनिक कार्यसम्पादनमा उत्प्रेरण जगाउने गरी नोवेल एकेडेमी, पोखराका संस्थापक विश्वश्वर अर्यालको उत्प्रेरणात्मक प्रशिक्षण रहेको थियो । उक्त कार्यक्रममा प्रगतिशील कर्मचारी संगठनको सातौं केन्द्रीय अधिवेशनमा विशेषकारणले काठमाडौंमा उपस्थित हुन नसक्नु भएका संगठनका पूर्व वरिष्ठ उपाध्यक्ष श्री रामविक्रम राणालाई सम्मान समेत गरिएको थियो ।
प्रशिक्षण कार्यक्रमको विषयवस्तुका बारेमा संगठनका महासचिव विजय शर्माले प्रकाश पारेका थिए भने कार्यक्रममा संगठनका उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज शिवाप्रसाद पाध्या र संगठनका पूर्व वरिष्ठ उपाध्यक्ष रामविक्रम राणाले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
गण्डकी प्रदेश कमिटीका अध्यक्ष सन्तोष अर्यालले कार्यक्रममा उत्साहजन रुपमा सहभागी भई कार्यक्रम सफल बनाउन सहयोग गर्नु भएकोमा केन्द्रीय कमिटी, प्रदेश कमिटी, सम्पूर्ण इकाइ कमिटी तथा प्रशिक्षकहरुप्रति हार्दिक आभार व्यक्त गर्दै केन्द्रीय कमिटीलाई अनलाइनमार्फत सेवाआयोग तयारी कक्षाहरु संचालन गर्ने अनुरोध गरे । उक्त कार्यक्रममा त्रि.वि. कर्मचारी संगठन गण्डकी प्रदेश कमिटीका सहसचिव गीतादेवी शर्माले स्वागत मन्तत्व राखेका थिए । कार्यकममा त्रि.वि. का गण्डकी प्रदेश अन्तर्गत रहेका सातवटा आङ्गिक क्याम्पसबाट ७० भन्दा बढी कर्मचारीहरु सहभागी रहेको संगठनका सचिव किशोर सुवेदीले जानकारी गराए ।
