स्याङ्जा जिल्लाको हरिनास गाउँपालिकाकी उपाध्यक्ष इन्द्र कुमारी थापा मगर करिब दुई महिनादेखि कार्यालयमा अनुपस्थित रहँदा गाउँपालिकाको प्रशासनिक काम प्रभावित भएको छ।
स्थानीय बासिन्दा र कर्मचारीहरूका अनुसार उपाध्यक्षको अनुपस्थितिले योजनासम्बन्धी फाइल प्रक्रिया, निर्णयमा आवश्यक हस्ताक्षर र सिफारिसका काम रोकिएका छन्।
“हामी कार्यालय धाएर फर्कनुपरेको छ, अब त घरमै खोज्न जानुपर्ने अवस्था आयो,” एक स्थानीयले गुनासो गरे।
गाउँपालिका अध्यक्षले केही काम ढिलो भएको स्वीकार गर्दै छिट्टै स्पष्टिकरण आउने बताए पनि उपाध्यक्षको अनुपस्थितिको आधिकारिक कारण अझै सार्वजनिक भएको छैन।
जनप्रतिनिधिको लामो अनुपस्थिति र जवाफदेहिताको अभावले स्थानीय तहको शासकीय प्रणालीप्रति प्रश्न उठ्न थालेको छ।
