बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका प्रतिवादी पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजायको फैसला भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नम्बर–२२ घर भएर छाउनी बस्ने ५२ वर्षीय प्रवणलाल सिंह छन् ।

उनलाई बिहीबार छाउनीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए । उनीबिरुद्ध २१ लाख बिगो कायम भएको छ । प्रतिवादीलाई काठमाडौँ जिल्ला अदालतका उपस्थित गराइएको एसपी बोहराले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *