प्रेस सेन्टर रूकुम पूर्वकी केसी प्रेस चौतारीमा प्रवेश

रूकुम पूर्व । प्रेस सेन्टर रूकुम पूर्वकी नेतृ टिका केसी प्रेस चौतारीमा प्रवेश गरेकी छन् ।

प्रेस सेन्टर सिस्ने गाउँपालिकाको सचिव रहेकी केसीलाई प्रेस चौतारीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज गणेश आचार्यले आज प्रेस चौतारीमा स्वागत गरे ।

अखिल क्रान्तिकारीको जिल्ला कमिटी सदस्य समेत उनले विज्ञप्ति जारी गर्दै माओवादीको सबै जनसंगठन त्याग गर्दै प्रेस चौतारीमा प्रवेश गरेको घोषणा समेत गरेकी हुन् ।

प्रेस सेन्टर परित्याग गरेकी केसीलाई प्रेस चौतारीमा उचित जिम्मेवारी दिइने चौतारीका केन्द्रीय सदस्य आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *