सहकारी मार्फत पर्यटन विकासको लक्ष्य: १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसमा तालिमको आयोजना

नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लिमिटेड, ललितपुरको आयोजनामा मनाङ होटल, काठमाडौंमा  दुई दिने “पर्यटन सहकारी संस्थाका जनशक्तिको क्षमता विकास सम्बन्धी तालिम तथा गोष्ठी २०८२” सुरु भएको छ।

उद्घघाटन कार्यक्रममा भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारी प्रमुख अतिथिको रूपमा सहभागी भए भने, गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले सहकारी विभाग प्रमुख खगराज अधिकारी र माओवादी केन्द्र सहकारी विभाग प्रमुख लिलामणि पोखरेल कार्यक्रममा विशेष अतिथि थिए।

अन्य वक्ताहरूमा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डि.बी. बस्नेत, सहकारी विभागका उप–रजिस्ट्रार शशि कुमार लम्साल, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे रहेका थिए।

१०३ओैं अन्तराष्ट्रिय सहकारि दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमको मुख्य उद्देश्य पर्यटन सहकारि संस्थामा आवद्द सहकारि कर्मीहरुको नेतृत्व तथा क्षमता विकास गरि आत्मनिर्भर हुँदै सहकारिको माध्यमवाट पर्यटनको बिकाशमा योगदान पुर्याउने रहेको छ।

कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष चन्द्र प्रसाद रिजालले गर्नु भएको थियो भने सञ्चालन महासचिव तेज बहादुर बोहोराले गर्नु भएको थियोे । कार्यक्रममा अतिथिहरुलाई स्वागत मन्तव्य संघका सञ्चालक रुपेश तिमिल्सिनाले गर्नु भयको थियो।

यस दुई दिने तालिममा पर्यटनको माध्यमबाट सहकारीलाई आर्थिक, सामाजिक रूपमा समृद्ध बनाउने लक्ष्य लिइएको छ। पर्यटन सहकारी संघले सहकारी मार्फत पर्यटन व्यवसायको प्रवर्द्धन, स्थानीय गन्तव्यको पहिचान र सामुदायिक संलग्नता विस्तारमा योगदान पुर्‍याउँदै आएको छ।

संघको स्थापना सन् २०१४ (२०७१ असार १२) मा संस्थापक अध्यक्ष लक्ष्मण यादवको नेतृत्वमा गरिएको थियो।

सहकारी ऐन बमोजिम सहकारीकर्मीहरुको पहलमा ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, महोत्तरी, सर्लाही र धनुषा गरि ६ जिल्लाबाट १ वटा जिल्ला संघ र २७ वटा प्रारम्भिक सहकारी संस्थाहरुको भेलाले केन्द्रीय सहकारीको  गठन भयो ।
विधिवतरुपमा २०७१ फागुन १४ गते स्थापना भएको केन्द्रीय सहकारी संघ सम्पुर्ण पर्यटन सहकारी संघ/संस्थाहरुको छाता संघको रूपमा अहिले संचालित छ।

हाल केन्द्रीय सहकारी संघमा १८ जिल्ला संघ र ८२ स्थानिय प्रारम्भिक सहकारीहरू आबद्ध रहेका छन्, अहिले केन्द्रीय सहकारी संघमा करिब ८२ आेटा सहकारी आबद्ध रहेको छ।

आज १०३ओैं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा अतिथिहरुले मन्तब्य राखेका थिए ।  यस कार्यक्रममा एक सय पचास जना भन्दा बढी सहकारीकर्मिहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *