लोसपाले श्रममन्त्री भण्डारीलाई फिर्ता बोलाउने

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मन्त्री फेर्ने गृहकार्य सुरु गरेको छ। केपी शर्मा ओलीले मन्त्री फेरबदल गर्ने तयारी गरेसँगै लोसपा अध्यक्ष महन्थ ठाकुरले पनि पुनर्गठित सरकारमा पार्टीका वरिष्ठ सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लालाई सरकारमा पठाउने तयारी गरेका हुन्।

पार्टीका महासचिव तथा प्रवक्ता मनीषकुमार मिश्रका अनुसार पार्टीका वरिष्ठ नेतासमेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई फिर्ता बोलाउन लागिएको छ। ‘पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीलाई एक वर्षका लागि पार्टीले सरकारमा पठाएको थियो। यो कुरा मन्त्री भण्डारीलाई थाहा छ। यसबारे हाम्रो पार्टीमा नेताहरूबीच भद्र सहमति पनि भएको थियो’, उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *