अवैध लागूऔषधसहित एक महिला पक्राउ

दयपुर । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका–८  बबलाबाट एक महिलालाई अवैध लागुऔषधसहित पक्राउ गरेको छ । सोही स्थान बस्ने ४५  वर्षीय देवकुमारी थापामगरलाई बुधबार ३० केजी ३६० ग्राम प्रतिबन्धित लागूऔषध गाँजासहित पक्राउ गरिएको हो ।

पक्राउ परेकी मगरले आफ्नै घरमा भण्डारण गरी राखेको उक्त प्रतिबन्धित लागू औषध गाँजा बरामद गरी निजलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *