इजरायली गोलीबारीमा कम्तिमा ३० प्यालेस्टिनीको मृत्यु

रफाह । इजरायलले गरेको गोलाबारीमा उत्तरी गाजामा मानवीय सहायताको पर्खाइमा रहेका कम्तीमा ३० प्यालेस्टिनीहरूको मृत्यु भएको छ । गाजामा हमासको नागरिक रक्षा एजेन्सीका प्रवक्ताले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार यो गोलीबारीमा ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । ‘यसको अनुसन्धान भइरहेको छ,’ यस घटनाको बारेमा इजरायलले भनेको छ ।

गाजाका बासिन्दाहरू सहायता ट्रक वरिपरि भेला भएपछि चेतावनी दिन गोली चलाएको इजरायली रक्षा बल (आईडीएफ)ले बताएको छ । तर यस क्रममा हताहतको कुनै रिपोर्ट नआएको उसको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *