अवैध निर्णय बिरुद्द म कानुनी प्रक्रियामा जान्छु : श्रेष्ठ

काठमाडौँ : नागरिक उन्मुक्ति पार्टी(नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले आफूलाई पदबाट हटाउनु वैधानिक नभएको दाबी गरेकी छिन् । पार्टीका संरक्षक रेशमलाल चौधरी पक्षले ‘अवैध’ भेला गरी नाउपाको नयाँ अध्यक्ष चयन गरेको श्रेष्ठको आरोप छ ।

रेशम पक्षको बिहीबार बसेको राष्ट्रिय भेलाले बर्दिया-२ बाट निर्वाचित सांसद लालवीर चौधरीलाई अध्यक्षको जिम्मा दिएको छ । लालवीर रेशमका बुवासमेत हुन् । लालवीरलाई वैधानिक हिसाबले अध्यक्ष नतोकिएको भन्दै श्रेष्ठले भनिन्, ‘यो अवैध छ । म कानुनी प्रक्रियामा जान्छु । यस्तै लफडाले नाउपाका सांसदहरूको कानुनी अवस्था के हुन्छ ?’

यसअघि रेशम पक्षको भेलाले अध्यक्ष रञ्जितालाई पार्टीबाट निष्कासन गरेको थियो। काठमाडौंमा भएको राष्ट्रिय भेलाले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्षबाट हटाएको हो । रञ्जिता पोखराको बाटुलेचौरस्थित लिची बगानको जग्गा हडप्ने बिचौलियाको प्रपञ्चमा समेत मुछिएपछि नाउपाभित्र विवाद देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *