सशस्त्र प्रहरी बल पर्साद्वारा करिब आठ लाख बराबरको सामान नियन्त्रणमा, भन्सारमा दाखिला

पर्सा, साउन १८ — सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साबाट खटिएको टोलीले भन्सार छली गरी भारतबाट नेपाल ल्याइएका करिब रु. ७,८५,६७५ बराबरका मो.सा., कपडा, कस्मेटिक, इलेक्ट्रोनिक सामान लगायत विभिन्न सामानहरू नियन्त्रणमा लिई भन्सारमा दाखिला गराएको छ।मिति २०८२।०४।१७ गते, पर्सा जिल्लाको पकाहाँमैनपुर गाउँपालिका–५, सबैठवा स्थित भारतबाट अवैध रूपमा ल्याइएका २ वटा मोटरसाइकलमा लोड गरिएको रु. ४,३८,०७५ बराबरको कपडा, कस्मेटिक र इलेक्ट्रोनिक सामानसहित दुईवटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका सामानहरूलाई मिति २०८२।०४।१८ गते वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।यसैगरी, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जबाट खटिएको अर्को टोलीले पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित स्काईलेन महलअगाडिको माँ दुर्गा रोड क्यारियर्सको गोदाममा विशेष सूचनाको आधारमा छापा हानेर करिब रु. २,६४,७०० बराबरको कपडा र रु. ८२,९०० बराबरका विभिन्न सामानहरू बरामद गरेको हो। ती सामानहरू पनि वीरगञ्ज भन्सार कार्यालयमा आवश्यक कानुनी प्रक्रियाका लागि बुझाइएको छ।त्यसैगरी, मिति २०८२।०४।१८ गते, सशस्त्र प्रहरी बल नेपाल बी.ओ.पी. प्रसौनीभाठाबाट खटिएको टोलीले पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–५ मा भारतबाट आउँदै गरेको BR 22 AD 0244 नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा सो मोटरसाइकलमा सवार भारतको पूर्वी चम्पारण जिल्लास्थित भेलाही ग्राम पंचायत–१० निवासी बिशाल कुमारको साथबाट रु. ४,२८,०३० बराबरको नेपाली नगद फेला परेको हो। साथसाथै उक्त कार्यमा प्रयोग गरिएको रु. १,५०,००० बराबरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ। यससम्बन्धी सम्पूर्ण वस्तुहरू आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जनाइएको छ।यस प्रकारका कारबाहीहरूले सीमावर्ती क्षेत्रमा भइरहेको भन्सार छली, चोरीपैठारी र अवैध कारोबारको रोकथाममा सशस्त्र प्रहरीको भूमिका प्रभावकारी रहेको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *