
पर्सा, साउन २०। पर्सामा घटेको अपहरण र जबरजस्ती करणीको जघन्य घटनामा संलग्न दुई जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पर्साको अनुसन्धान टोलीले वीरगञ्जबाट पक्राउ गर्न सफल भएको छ। अनुसन्धानमा सक्रिय प्रहरी टोलीले अत्यन्त संवेदनशील र कठिन घटनालाई छोटो समयमै उजागर गर्दै अपराधीहरूलाई कानुनी दायरामा ल्याएको हो।
घटना विवरण२०८२ साल बैशाख २० गते दिउँसो करिब ३ बजेको समयमा बरैनिया क्षेत्रकी एक ३४ वर्षीया महिला बाख्रा बाँधेर घर फर्कने क्रममा बीच बाटोमै दुई अज्ञात व्यक्तिहरूद्वारा अपहरणमा परेकी थिइन्। मुखमा कपडाको बुजो र आँखामा कालो पट्टी बाँधेर उनलाई वीरगञ्जको बसपार्कस्थित गणेश होटल एण्ड लजको दोस्रो तल्लामा लगिएको र तीन दिनसम्म पालैपालो जबरजस्ती करणी गरिएको पीडितले दिएको किटानी जाहेरीमा उल्लेख गरिएको छ।यस त्रासदीपछिको चौथो दिन, बैशाख २३ गते बिहान करिब ८ बजेको समयमा पीडितलाई घडिअर्वा पोखरीको गल्लीमा गम्भीर अवस्थामा फालिएको अवस्थामा फेला पारिएको थियो।अनुसन्धान र पक्राउ घटनापछि पीडितको उजुरीको आधारमा प्रारम्भिक अनुसन्धान सुरु गरेको पर्सा प्रहरीले सिसिटिभी फुटेज, स्थानीय सूचनाको विश्लेषण र गोप्य सूचकहरूको सहयोगमा अभियुक्तहरूको पहिचान गर्दै साउन २० गते दिउँसो १:१० बजे उनीहरूलाई वीरगञ्ज–१५, प्रतिमा चोक नजिकैबाट नियन्त्रणमा लिएको हो।पक्राउ परेका व्यक्तिहरूको विवरण यस्तो छ: १. नेक महमद — पर्सा जिल्ला, बहुदरमाई–२ सिसियारी घर भई हाल वीरगञ्ज–१३, राधेमाईमा नेक मोटरसाइकल वर्कशप सञ्चालक। करिब ४० वर्ष।२. अफ्ताब अन्सारी — स्थायी घर रौतहट, हाल नेक वर्कशपमा कार्यरत, करिब २१ वर्ष।हाल दुबै अभियुक्तलाई पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिइ थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
अपराध नियन्त्रणमा प्रहरी उपरीक्षक गौतम मिश्रको सक्रिय नेतृत्वजिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रको नेतृत्वमा पछिल्ला दिनहरूमा अपराध नियन्त्रण र छानबिनमा उल्लेखनीय सफलता प्राप्त भइरहेको छ। मिश्रको नेतृत्वमा सञ्चालित अनुसन्धान टोलीले पीडितप्रतिको संवेदनशीलता, न्यायप्रतिको प्रतिबद्धता र कानूनी कारबाहीमा देखाएको सक्रियता सराहनीय छ।गौतम मिश्रले नेतृत्व सम्हालेयता पर्सा प्रहरीले महिला हिंसा, तस्करी, लागूपदार्थ कारोबार तथा यौनजन्य अपराध नियन्त्रणमा लगातार सफलता प्राप्त गर्दै आएको छ, जसले जनविश्वास र प्रहरी–समुदाय सम्बन्ध अझ प्रगाढ बनाएको छ।
पर्सा प्रहरीले देखाएको तत्परताले अपराधी जहाँ भए पनि कानूनको दायराबाट बच्न नसक्ने स्पष्ट सन्देश दिएको छ। यो घटना प्रहरीको क्षमताको परिचायक मात्र नभई पीडितलाई न्याय दिलाउने दृढताको प्रतीक पनि हो।
