नेशनल प्याब्सन मेगा छात्रवृत्तिमा उत्कृष्ट गरेकी करिश्मा गुप्ताले रोजिन उच्च शिक्षाको लागि Decimal +2 Science

वीरगञ्ज। नेशनल प्याब्सन वीरगन्ज महानगर कमिटीको आयोजनामा हालै सम्पन्न Mega Scholarship Exam मा अनलाइन तथा अफलाइन माध्यमबाट सहभागी ११३ जनामध्ये उत्कृष्ट नतिजा ल्याउँदै करिश्मा गुप्ता उच्च सम्मानकी हकदार बनेकी छन्। उनले +२ विज्ञान संकाय अध्ययनका लागि डेसिमल कलेज रोजेकी छन्।छात्रवृत्तिको अवसर स्वरूप घोषित ३५ वटा छात्रवृत्तिमध्ये सर्वोत्कृष्ट प्रदर्शनका आधारमा करिश्मा गुप्तालाई लैपटपसहित १००% छात्रवृत्ति डेसिमल कलेजले प्रदान गर्ने घोषणा गरेको छ। यो सम्मान न केवल करिश्माको प्रतिभाको कदर हो, तर डेसिमल कलेजले गुणस्तरीय शिक्षाको पहुँच सबैलाई उपलब्ध गराउन गरेको प्रतिबद्धताको उत्कृष्ट उदाहरण पनि हो।शैक्षिक क्षेत्रमा नवीन सोच, अनुशासन र आधुनिक प्रविधिमैत्री शिक्षण पद्धतिका लागि चिनिएको डेसिमल कलेजले यस्तो छात्रवृत्ति कार्यक्रमद्वारा प्रतिभावान विद्यार्थीहरूलाई प्रोत्साहन गर्नुका साथै शिक्षामा समान अवसर प्रदान गर्ने अभियानलाई बल दिएको छ।करिश्मा गुप्ताको सफलता र डेसिमल कलेजको यस्तो अग्रगामी कदमले वीरगञ्ज क्षेत्रका अन्य विद्यार्थीहरूलाई पनि प्रेरणा दिने निश्चित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *