काठमाडौं, २६ साउन । हमास समूहबाट बन्धक बनाइएका विपिन जोशीको खोजीमा विपिनकी आमा पद्मा र बहिनी पुष्पा इजरायल लागेका छन् । उनीहरू सोमबार बिहान फ्लाइ दुबईको विमानमार्फत इजरायल प्रस्थान गरेका हुन् ।
विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन विपिनकी आमा पद्मा र बहिनी पुष्पा इजरायल प्रस्थान गरेका हुन् । नेपालका लागि इजरायली दूतावासले नै उनीहरूका लागि टिकटको व्यवस्था गरिदिएको हो ।
हमास–इजरायल द्वन्द्वमा परेका विपिनलाई हमास समूहले नियन्त्रणमा लिएको थियो । हालसम्म विपिनको अवस्था अज्ञात छ ।
