देशभर मनसुन सक्रिय, यी प्रदेशमा आज धेरै भारी वर्षाको सम्भावना

काठमाडौं, २८ साउन । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकोले आगामी २४ घण्टा मनसुन सक्रिय रहने जनाएको छ ।

महाशाखा अनुसार आज दिउँसो देशभर पूर्णतया बदली रहनेछ । देशका अधिकांश स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा भारी वर्षा र एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । कर्णाली प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा पूर्णतया बदली रही बाँकी भू–भागमा साधारणतया बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भागका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागको थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको तथा लुम्बिनी प्रदेशको तराईको भू–भागको थोरै स्थानहरू, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *