आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँमात्रै घटेको छ ।

यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम थियो । यस्तै चाँदीको मूल्य भने बढेको छ।  मंगलबार तोलामा २ हजार ३०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *