राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब ८१ करोड

काठमाडौं, ३० साउन । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ८१ करोड ६७ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४९.५३ प्रतिशत बढी हो । अघिल्लो वर्ष बैंकले २ अर्ब ५५ करोड २४ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्ष बैंकको खुद ब्याज आम्दानी भने ०.५२ प्रतिशत बढेर १० अर्ब ८ करोड २४ लाख १४ हजार रुपैयाँ भएको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब ३ करोड २ लाख ४० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यसैगरी, बैंकको कूल सञ्चालन आम्दानी ११.२५ प्रतिशत बढेर १२ अर्ब ८४ करोड ३७ लाख ३७ हजार रुपैयाँ र सञ्चालन नाफा ३१.५७ प्रतिशत बढेर ५ अर्ब ३८ करोड २५ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

गत वर्ष बैंकको वितरणयोग्य नाफा ३० करोड ३४ लाख ९६ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १.९४ प्रतिशत छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब २२ करोड २१ लाख ५३ हजार रुपैयाँ ऋणात्मक थियो ।

बैंकको निक्षेप १६.५९ प्रतिशत बढेर ५ खर्ब ४१ करोड ४६ लाख ८० हजार रुपैयाँ र कर्जा लगानी १९.७८ प्रतिशत बढेर २ खर्ब ९४ अर्ब १८ करोड ८४ लाख ६० हजार रुपैयाँ रहेको छ । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी २४.४१ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १६.३२ रुपैयाँ प्रतिसेयर आम्दानी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *