राज्य व्यवस्था समिति सभापतिमा न्यौपानेलाई पठाउने कांग्रेसको निर्णय

काठमाडौँ। नेपाली कांग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपाने पठाउने निर्णय गरेको छ । बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, गृहमन्त्रीसमेत रहेका पार्टी नेता रमेश लेखक र प्रतिनिधिसभामा पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेको बैठकले न्यौपानेलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *